राजनीति


कांग्रेस-एमालेको सरकार बनाउनुको उद्देश्य अझै पूरा भएको छैन: योगेश भट्टराई

कांग्रेस-एमालेको सरकार बनाउनुको उद्देश्य अझै पूरा भएको छैन: योगेश भट्टराई

फाइल तस्बिर


नेपालखबर
जेठ ६, २०८२ मंगलबार १६:२२, काठमाडौँ

नेकपा एमालेका सचिव योगेश भट्टराईले ०८४ को निर्वाचनअघिसम्म वर्तमान गठबन्धन कायमै रहने दाबी गरेका छन्। मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले सो दाबी गरेका हुन्। 

कांग्रेस–एमालेको सरकार बनाउनुको उद्देश्य अझै पूरा नभएकाले ०८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन कायमै रहने उनले बताए। कांग्रेस–एमाले ठूलो पार्टी भएकाले गठबन्धनमा कहिलेकाहीँ अनुकूलता र प्रतिकूलता हुने उनको भनाइ छ। 

दुई दलले समान हिस्सेदारी खोज्नु स्वाभाविक भएको उनको तर्क छ। भट्टराईले वर्तमान सरकार गलत ट्रयाकमा नरहे पनि गति बढाउन भने नसकेको जिकिर गरे। सरकारको आलोचना हुनु स्वाभाविक भएको भन्दै उनले सत्तारुढ दलकै नेताले गर्ने टिप्पणी र आलोचनाले दुई पार्टीबीचको सम्बन्ध नबिग्रियोस् भन्नेमा सचेत हुनुपर्ने सुझाव दिए। 

विभिन्न निकायका प्रमुख नियुक्त गर्ने विषयमा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ। त्यस्तै, भट्टराईले संविधान संशोधनका निम्ति राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने आवश्यकता नरहेको भन्दै एजेन्डामा राष्ट्रिय सहमति कायम हुनुपर्ने जिकिर गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad