नेपाली कांग्रेसकी सांसद रमा कोइरालाले ग्यास सिलिन्डर साट्दा उपभोक्ता ठग्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन्।
‘एलपी ग्यासका धेरै प्रकारका सिलिन्डरहरु बजारमा छन्, तर कहिले-कहिले कम्पनीअनुसार ग्याँस अभाव गरिन्छ,’ कोइरालाले भनिनन्, ‘ग्यासको अभाव भएको लामो समयपछि उपभोक्ताले ग्यास लिन जाँदा यो कम्पनीको ग्यास छैन, सिलिन्डर साट्नुस् भनिन्छ। सिलिन्डर साट्न कसैले पाँच सय, कसैले हजार लिएर बाध्यतामा पारेर उपभोक्ताहरुले सिलिन्डर साट्छन्।’
उनले थपिन्, ‘सरकारको अनुगमन गर्ने निकाय छैन सभामुखज्यूयो देशमा। ग्यास एउटै। अलग अलग कम्पनी दर्ता गराइसकेपछि सिलिन्डर साट्नका लागि उपभोक्ताहरुसँग किन फेरि पैसा थपिन्छ? सरकारले यस्ता कामको निगरानी गरोस्।’
सांसद कोइरालाले सरकारले तत्काल यस्ता कामको निगरानी गर्नुपर्ने बताइन्।
Shares

प्रतिक्रिया