आज जेठ ६ गते मंगलबार काठमाडौँसहित देशका सबैजसो सहरमा पानी पर्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले जारी गरेको सूचनाअनुसार आज काठमाडौँ, धरान, विराटनगर, जनकपुर, पोखरा, वीरेन्द्रनगर, डडेलधुरालगायत देशका सबैजसो सहरमा वर्षा हुने सम्भावना देखिएको हो।
यसैबीच आज सबैभन्दा बढी तापक्रम डोटी र धनगढीमा हुने सम्भावना छ।
महाशाखाका अनुसार आज सबैभन्दा बढी तापक्रम दिपायल र धनगढीमा ३७ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना देखिएको हो।
अनि सबैभन्दा कम आज राति जोमसोम र जुम्लामा ९ डिग्री सेल्सियससम्म पुग्ने देखिएको महाशाखाले जानकारी दिएको छ।
हेर्नुहोस् अन्य सहरको तापक्रम र मौसमबारे जानकारीको सूची:

951
Shares

प्रतिक्रिया