राजनीति


प्रधानन्यायाधीशले हेरेनन् रवि लामिछानेको मुद्दा

प्रधानन्यायाधीशले हेरेनन् रवि लामिछानेको मुद्दा

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र सहकारी ठगीका अभियुक्त रवि लामिछाने


नेपालखबर
जेठ ५, २०८२ सोमबार १४:८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सोमबार पनि सुनुवाइ नहुने भएको छ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएको थियो। तर, प्रधानन्यायाधीश राउत हेर्न नमिल्ने भन्दै सुनुवाइबाट अलग भएका छन्। यससँगै यो निवेदन छैटौँपटक हेर्न नमिल्ने इजलासमा पेसी परेको हो। 

सुप्रिम सहकारी ठगीको अभियोगमा उच्च अदालत बुटवलले थुनामा पठाएपछि रवि लामिछाने त्यसलाई बदर गर्न माग गर्दै सर्वोच्च पुगेका थिए। उक्त निवेदनमा सुनुवाइ हुन समय लाग्ने भएकाले बन्दी प्रत्यक्षीकरणको निवेदन पनि दिएका थिए।

जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि पूर्वडीआईजी छविलाल जोशी पनि सर्वोच्च पुगेका छन्। उनको निवेदन पनि साथै राखेर पेस गरिएको छ। तर, त्यसमा टुंगो लाग्न ढिलाइ भइरहेको छ।

रविलाई रुपन्देही जिल्ला अदालतले भने एक करोड रुपैयाँ धरौटीमा छाडेको थियो। उच्च अदालतले जिल्लाको आदेश उल्टाइदिएपछि रवि हाल रुपन्देही कारागारमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad