राजनीति


सगरमाथा संवादमा सार्क मुलुकका एक जना पनि सरकार प्रमुख उपस्थित गराउन नसक्नु राष्ट्रिय असक्षमता : सांसद कुँवर

सगरमाथा संवादमा सार्क मुलुकका एक जना पनि सरकार प्रमुख उपस्थित गराउन नसक्नु राष्ट्रिय असक्षमता : सांसद कुँवर

नेपालखबर
जेठ ५, २०८२ सोमबार १३:३३, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले सगरमाथा संवादमा सार्क मुलुकका एक जना पनि सरकार प्रमुखलाई उपस्थित गराउन नसक्नु सरकारको कूटनीतिक असफलता रहेको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाली जनताले रुचीपूर्वक प्रतिक्षा गरेको र प्रधानमन्त्री स्वयंले आह्वान गरेको संवादमा सार्क मुलुकका एकजनापति प्रमुख उपस्थित नहुनु दुःखद् भएको बताए।  

‘जेठ २ गतेदेखि आयोजना गरिएको सगरमाथा संवाद २५ बुँदे घोषणापत्र जारी गर्दै सकियो र जलवायुसम्बन्धी हाम्रा आवाजहरुलाई, हाम्रा मुद्दाहरुलाई विश्वसामु हामीले उजागरपनि गर्‍यौँ,’ कुँवरले भने, ‘नेपाली जनताले रुचीपूर्वक प्रतिक्षा गरेको र प्रधानमन्त्री स्वयंले आह्वान गरेको संवादमा सार्क मुलुक बाहिरका प्रधानमन्त्री सरकार प्रमुखलाई सहभागी गराउन सक्नुभएन होला तर आफैँ अध्यक्ष भएको सार्क मुलुकका एक जनापनि सरकार प्रमुखलाई उपस्थिति गराउन नसक्नुलाई राष्ट्रिय असक्षमता वा कूटनीतिक असफलता के भन्ने?’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad