राजनीति


अर्थमन्त्रीलाई सांसद केसीको आग्रह– विकास कोषका नाममा हामीलाई बदनाम नगर्नुहोला

अर्थमन्त्रीलाई सांसद केसीको आग्रह– विकास कोषका नाममा हामीलाई बदनाम नगर्नुहोला

फाइल तस्बिर


नेपालखबर
जेठ ५, २०८२ सोमबार १३:१५, काठमाडौँ

सांसद विकास कोषका नाममा सांसदहरुलाई बदनाम गर्न खोजिएको भन्दै सांसद राजेन्द्रकुमार केसीले आपत्ति जनाएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूहरुले संसदबाट कुनै कोषको माग नगरेको समेत उल्लेख गरे।‘हामीले संसद् विकास  कोष, क्षेत्र विकास कोष वा कुनै पनि कोष हामीले यो हाउसबाट मागेका छैनौँ,’ उनले भने, ‘यसरी सांसद विकास कोषका नाममा कुनै पनि कोषलाई बदनाम गर्नै काम आज भएको छ।’

उनले थपे, ‘वास्तवमा सांसद विकासका प्रतिनिधि हुन्। र, त्यो विकास आआफ्नो क्षेत्रमा कमसेकम योजना छनोटमा सहभागीता होस् भन्ने हो। सोही अनुरुप गत वर्ष पनि तत्कालीन अर्थमन्त्रीले ५/५ वटा योजना तपाईंहरुले पनि छनोट गर्नुहोस् है भन्नुभयो र हामीले ५/ ५ वटा योजना दिइम।’

अहिले सांसदका नाममा ३४ अर्ब छुट्याउन लागेको प्रचार भएको भन्दै त्यसले राम्रो सन्देश नजाने समेत बताए। ‘अहिले जुन ३४ अर्ब छुट्याउने भनेको छ, यसले निश्चितरुपमा सांसदहरुको गरिमा राम्रो हुने छैन,’ केसीले भने, ‘त्यसकारण कुनै पनि सांसद कोष अथवा कुनै पनि क्षेत्र विकास कोष नराखियोस्।’

आफूहरुकाे चाहाना योजना छनोटमा सांसदको अलिकति भूमिका रहोस् भन्ने रहेको भन्दै उनले भने, ‘म माननीय अर्थमन्त्रीलाई निवदेन गर्न चाहान्छु कि तपाईंले दिन सक्ने दिनुहोला तर यो कोषको नाममा बदनाम नगर्नुहोला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad