समाज


दिल्ली दूतावासको निर्देशन: भारत हुँदै अन्य देश जाने नेपालीले अनिवार्य 'एनओसी' लिनू

दिल्ली दूतावासको निर्देशन: भारत हुँदै अन्य देश जाने नेपालीले अनिवार्य 'एनओसी' लिनू

नेपालखबर
जेठ ५, २०८२ सोमबार १३:३१, काठमाडौँ

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतहुँदै मध्यपूर्वी देशमा जाने नेपालीहरूलाई नक्कली श्रम स्वीकृतिदेखि सावधान हुन आग्रह गरेको छ। आज सोमबार एक विज्ञप्ति जारी गर्दै नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) आवश्यक पर्ने मुलुकको भ्रमणमा जाँदा वैदेशिक रोजगारी विभागद्वारा जारी भएको आधिकारिक श्रम स्वीकृति वा दूतावासद्वारा जारी भएको एनओसी लिएर मात्रै यात्रा गर्न अनुरोध गरेको हो। 

'पछिल्लो समय भारतीय विमानस्थलहुँदै मध्यपूर्वका मुलुकहरूको भ्रमणमा जान नक्कली श्रम स्वीकृति देखाइ अध्यागमन पार गर्न खोज्नेको संख्या बढिरहेको जानकारी भारत सरकारका सम्बन्धित निकायहरूबाट प्राप्त हुन आएको छ,' दूतावासले भनेको छ, 'यसरी नक्कली कागजातहरू प्रयोग गर्न खोज्ने व्यक्तिहरूलाई भारतीय अध्यागमन अधिकारीले विमानस्थलबाट नियन्त्रणमा लिई प्रहरी हिरासतमा पठाइएका व्यक्तिहरूको संख्यामा पनि वृद्धि हुँदै गइरहेकोप्रति राजदूतावासको ध्यानाकर्षण भएको छ।'

नेपाली पनि यसखारे समस्यामा परेर अलपत्र पर्नसक्ने भन्दै नेपाली राजदूतावासले श्रम स्वीकृति वा एनओसी लिएर मात्रै यात्रा गर्न अनुरोध गरेको जनाएको छ। 
  
'भारत हुँदै एनओसी आवश्यक पर्ने मुलुकहरूको भ्रमणमा जाँदा वैदेशिक रोजगारी विभागद्वारा जारी भएको आधिकारिक श्रम स्वीकृत वा नेपाली राजदूतावास, नयाँ दिल्लीद्वारा जारी भएको एनओसी लिएरमात्र यात्रा गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ' सूचनामा भनिएको छ। 

दूतावासले एनओसीको आवश्यकता पर्ने देशहरूको सूची,एनओसी प्राप्त गर्न पूरा गर्नुपर्ने प्रक्रिया,पेश गर्नुपर्ने कागजातहरू र बुझाउनुपर्ने दस्तुर सम्बन्धी विस्तृत  जानकारी राजदूतावासको वेभसाइटमा प्राप्त गर्न सकिने समेत जनाएको छ।
यसबारे थप जानकारी दूतावासको वेबसाइटमार्फत लिन सकिने दूतावासले भनेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad