राजनीति


सुदूरपश्चिमबाट माओवादी अभियान कर्णाली प्रवेश

सुदूरपश्चिमबाट माओवादी अभियान कर्णाली प्रवेश

नेपालखबर
जेठ ४, २०८२ आइतबार ९:६, काठमाडौँ

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा माओवादी केन्द्रले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान आज कर्णाली प्रवेश गरेको छ।

सुदूरपश्चिम प्रदेशको अभियान सकेर अध्यक्ष प्रचण्डसहितका नेताका टोली आइतबार बिहान कर्णाली प्रदेशमा प्रवेश गरेको टोलीमै सहभागी माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिए। 

गएको शुक्रबार बैतडीको पाटनमा माओवादीले याे अभियानकाे उद्घाटन गरेको थियो।  

आज बिहान कम्युनिस्ट पार्टीको झण्डा र नेपालको राष्ट्रिय झण्डा सुदूरपश्चिम प्रदेश इञ्चार्जसमेत रहेका पोखरेल नेतृत्वको टाेलीले कर्णाली प्रदेश इञ्चार्ज कालीबहादुर खाम नेतृत्वको टोलीलाई हस्तान्तरण गरेको हो। 

कर्णाली प्रदेशका माओवादी नेताहरूले अध्यक्ष प्रचण्डसहितको टोलीलाई राकममा भव्य स्वागत गरेका छन्। 

त्यसक्रममा अध्यक्ष प्रचण्डले अभियान सफलतापूर्वक सम्पन्न गरेकोमा सुदूरपश्चिम प्रदेशप्रति धन्यवाद दिएका छन्। अभियान आज राकम पुल हुँदै सुर्खेतबाट कर्णाली प्रदेशमा प्रवेश गरेको पाेखरेलले बताए। 

हेर्नुहाेस् थप तस्बिर

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad