राजनीति


वामपन्थी एकताका लागि एमालेबाहेकका पार्टीसँग छलफल भइरहेको छ: नारायणकाजी

वामपन्थी एकताका लागि एमालेबाहेकका पार्टीसँग छलफल भइरहेको छ: नारायणकाजी

नेपालखबर
जेठ ३, २०८२ शनिबार १६:२६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा एमालेबाहेक अन्य वामपन्थी पार्टीसँग एकताबारे छलफल भइरहेको बताएका छन्।

एमालेसहितको वामपन्थी एकता भने तत्काल सम्भव नदेखिएकाले अन्य क्रान्तिकारी पार्टीसँग मात्र संवाद भइरहेको उनको भनाइ छ।

'सैद्धान्तिक रूपमा नेपालका कम्युनिष्टबीचको एकता हुनुपर्छ भन्नेमा प्रस्ट छु। नेकपा एमालेसहितको एकताको कुरा गर्ने हो भने तत्कालै व्यवहारिक रूपमा सम्भव हुनेजस्तो देखिएको छैन। त्यसको मतलब अब रणनीतिक रूपमै नेपालका वामपन्थी मिल्दैनन् भन्ने पनि होइन। मिल्न हुँदैन भनी एकलकाँटे ढंगले सोच्ने कुरालाई कहिले पनि हुन दिनुहुँदैन', राससँगको अन्तर्वार्तामा श्रेष्ठले भनेका छन्, 'एमालेबाहेक अरू क्रान्तिकारी पार्टीसँगको एकताबारे छलफल भइरहेको छ। तर अहिले नै निष्कर्षमा पुग्न सकेका छैनौँ। समाजावदी मोर्चामा रहेका सबै शक्तिलाई एउटै पार्टीमा आबद्ध गर्ने गरी हामीले छलफल गरिरहेका छौँ। यदि एमाले सच्चिएर वामपन्थीबीचको एकताको कुरा गरेको खण्डमा हुन्न वा एकता गर्न हुँदैन भन्ने हुँदैन। तर अहिले नै तत्काल हुने सम्भावना देखेको छैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad