राजनीति


बालेनको व्यंग्यः सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गरायो

बालेनको व्यंग्यः सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गरायो

नेपालखबर
जेठ २, २०८२ शुक्रबार २१:४१, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकारले बत्ती काटेर आफ्नो पावर महसुस गराएको भन्दै व्यंग्य गरेका छन्।

बिहीबार र शुक्रबार दुई दिन लगातार झ्यापझ्याप बिजुली जाने समस्या भएपछि उनले फेसबूकमार्फत सरकार र जनता दुवैतिर कटाक्ष गरेका छन्।

‘देशनै डुबाउँदा पनि जनाताले नबुझे पछि सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गराएको छ’ उनले लेखेका छन्, ‘हेप्ने सरकारलाई?’

हिजोदेखि देशैभर झ्यापझ्याप बिजुली जान थालेपछि सामाजिक सञ्जालमार्फत सरकार र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको चर्को आलोचना भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad