राजनीति


प्रधानमन्त्रीसँग विश्व बैँकका दक्षिण एसिया उपाध्यक्षको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग विश्व बैँकका दक्षिण एसिया उपाध्यक्षको शिष्टाचार भेट

नेपालखबर
जेठ २, २०८२ शुक्रबार १६:५८, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैँकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रायसरले आज शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास, बालुुलाटारमा भएको भेटमा नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा हुँदै आएको सहकार्य, काठमाडौँमा जारी सगरमाथा संवादको सार्थकता आदि विषयमा छलफल भएको छ।
 
प्रधानमन्त्री ओलीले नेपालको आर्थिक वृद्धि, गरिबी निवारण र नेपालीको जीवनस्तर उकास्नक बैँकले गर्दै आएको महत्वपूर्ण सहयोगको प्रशंसा गर्दै उचित राजस्व परिचालन र विकासका खर्चका लागि प्रभावकारी व्यवस्थापन सरकरको प्राथमिकता रहेको सुनाए। 

उनले उत्पादन र उत्पादकत्व वृद्धिका लागि थालेका काम सक्ने नति अनुरुप आगामी बजेटबाट समयमा परियोजनाहरू सम्पन्न गर्ने गरी प्रबन्ध गरिने अवगत गराए। उपाध्यक्ष रायसरले बैँकको सहकार्यको निरन्तरताको प्रतिबद्धता व्यक्त गर्दै वातावरणीय मुद्धामा प्राथमिकता दिएर नेपालले सगरमाथा संवादको आयोजना गरेकामा सफलताको कामना गरे। 

बैँकले नेपालमा यातायात, ऊर्जा, शिक्षा र स्वास्थ्यलगायत १९ क्षेत्रमा गरी दुई मिलियन अमेरिकी डलरको लगानी गरेको छ। भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाल रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, बैँकका देशीय निर्देशक डेभिड एन सिस्लेनलगायत सहभागी थिए।

यही जेठ २ गतेदेखि ४ गतेसम्म नेपाल सरकारले पहिलो पटक काठमाडौँमा सगरमाथा संवादको आयोजना भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad