राष्ट्र बैंकको गभर्नर बन्ने चर्चामा रहेका अर्थविद डा.विश्व पौडेलविरुद्धको रिट दरपीठ बदरको माग गर्दै सर्वोच्चमा निवेदन पेस भएको छ। यसअघि उनीविरुद्धको रिट सर्वोच्च अदालतले दरपीठ गरेको थियो। गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति हुन नहुने मागसहित निवेदन पेस भएको थियो।
रजिष्ट्रार भद्रकाली पोखरेलको दरपीठ गर्ने बेरितको आदेश बदर गरी रिट दर्ता गर्न मागसहित अधिवक्ताद्धय प्रतिभा उप्रेती र विशाल थापाले छुट्टै निवेदन पेस गरेका हुन्।
राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणकर भट्टको राजीनामा स्वीकृत नभएपछि नेपाली कांग्रेसले प्रतिनिधिसभाका उम्मेदवार भइसकेका पौडेललाई सिफारिस गरेको भन्दै उनीहरूले निवेदन पेस गरेका हुन्।
उता पौडेलले विगत २ वर्षदेखि नेपाली कांग्रेसको क्रियाशील सदस्य भने नवीकरण नगरेको कांग्रेस नेताहरूले बताएका छन्।
Shares

प्रतिक्रिया