राजनीति


सगरमाथा संवादको पूर्वसन्ध्यामा प्रधानमन्त्री– मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्छ

सगरमाथा संवादको पूर्वसन्ध्यामा प्रधानमन्त्री– मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्छ

नेपालखबर
जेठ १, २०८२ बिहिबार १७:३७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले धर्तीमा बढ्दो तापमान र प्रदूषणका कारण मानवीय जीवन र पृथ्वीको भविष्य रक्षार्थ सबै मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन्।

सगरमाथा संवादको पूर्वसन्ध्यामा डा गोपालकृष्ण शिवाकोटीद्वारा लिखित ‘क्लाइमेट क्यालामिटीः जस्टिस फर लस एन्ड ड्यामेज’ पुस्तकको बिहीबार लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले भविष्यका सन्तति सुरक्षित र सम्मानित होऊन् भनेर काम गर्नुपर्नेमा जोड दिए। 

‘धर्ती तातो र वातावरण प्रदूषित हुँदै गएर मानवीय जीवन र सुन्दर विश्वको भविष्य खतारमा पर्दै जान थालेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्तो समयमा हामीले सुरक्षित मानवीय जीवन र सुन्दर भविष्यको रक्षाका लागि काम गर्नुपर्छ। हाम्रा भविष्यका सन्तति सुरक्षित र सम्मानित हुनुपर्छ। उनीहरुको चेहरामा हाँसो हुनुपर्छ।’

प्रधानमन्त्री ओलीले सगरमाथा संवादका क्रममा जलवायु न्यायसम्बन्धी अध्ययन र प्रतिवेदनका सारलाई आफूले सम्बोधनमा समावेश गर्ने बताए। 
 

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, पूर्वपरराष्ट्रमन्त्री डा विमला राई पौडेल, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा सूर्य ढुंगेल र जलवायु विज्ञ मञ्जिल ढकालले पुस्तकको सान्दर्भिकताबारे समीक्षात्मक मन्तव्य व्यक्त गरेका थिए।

सरकारले यही जेठ २ गतेदेखि पहिलोपटक नेपालमा सगरमाथा संवादको आयोजना गर्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad