राजनीति


बढ्दो बेरुजुप्रति सरकार गम्भीर बन्नुपर्छः सांसद गैरे

बढ्दो बेरुजुप्रति सरकार गम्भीर बन्नुपर्छः सांसद गैरे

नेपालखबर
जेठ १, २०८२ बिहिबार १२:२२, काठमाडौँ

नेकपा (एमाले) का सांसद ठाकुर गैरेले मुलुकमा बढ्दो बेरुजुप्रति सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले राज्यका निकायहरुले आर्थिक अनुशासन पालना नगर्दा वर्षेनी बेरुजु बढ्दै गइरहेको बताए। 

सांसद गैरेले महालेखा परीक्षकको ६२ औँ प्रतिवेदनमा हालसम्मको बेरुजु कुल रकम ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँ पुगेको उल्लेख गर्दै यही अवस्थामा बेरुजु बढ्दै गए हामी कहाँ पुग्छौं भन्दै प्रश्न गरे। 

‘महालेखाको प्रतिवेदनले बेरुजु बढेको देखाएको छ । बेरुजु यही हिसावले बढ्दै जाने हो भने हामी कहाँ पुग्छौं?,' उनले भने, 'आज ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँ यो देशको बेरुजु भएको छ।’

उनले संघीय मन्त्रालयतर्फ ४७ अर्ब ७४ करोड ९० लाख, प्रदेश सरकारअन्तर्गत ४ अर्ब २ करोड, स्थानीय तहमा २५ अर्ब २५ करोड ४२ लाख, तथा समिति र अन्य संघसंस्थाहरूमा १४ अर्ब ३३ करोड ७ लाख रुपैयाँ बेरुजु रहेको रहेको उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad