राजनीति


नेपालको ब्यूरोक्रेसीलाई हामीले नै लोभी बनाएका छौँ : शंकर पोखरेल

नेपालको ब्यूरोक्रेसीलाई हामीले नै लोभी बनाएका छौँ : शंकर पोखरेल

नेपालखबर
जेठ १, २०८२ बिहिबार १२:२२, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एउटै राजनीतिक दलले पाँच वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार गर्न आवश्यक रहेको बताएका छन्।

काठमाडौँमा नेकपा एमालेले आयोजना गरेको नेपालको वर्तमान आर्थिक अवस्था र आगामी बजेटको सन्दर्भमा राजनीतिक पार्टीले लिनुपर्ने पहलकदमी सम्बन्धमा निजी क्षेत्रका व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुलुकमा बलियो राज्यको सरकारको निर्माण नभएसम्म सुधारको प्रक्रिया कमजोर हुने जिकिर गरे।

‘जबसम्म मुलुकमा एउटा बलियो राज्यको निर्माण हुँदैन, सुधारको प्रक्रिया कमजोर हुन्छ भन्ने अर्थमा हामीले बलियो निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्नेकुरा, यो मिलिजुली सरकार होइन,’ पोखरेलले भने, ‘बलियो सरकार निर्माण गर्ने दिशातर्फ मुलुलाई लैजानुपर्छ भन्ने अर्थमा दुई वटा पार्टी मिलेर आउने चुनाव एमाले वा कांग्रेसले जितेपनि, जसले जितेपनि पाँच वर्ष नै सरकार चलाउने खालको आधार तयार गर्नुपर्दछ भन्ने मान्यता किन बनाएका छौँ। तर तपाईंहरु जबसम्म राष्ट्रिय पार्टीहरुलाई बलियो बनाउनु पर्दछ भन्नेकुरामा निजी क्षेत्र एक भएर उभिँदैन,तबसम्म यि कुरा कठिन छन्।’

प्रशासनिक झमेला र सुधारमा सबैले समस्या व्यहोरिरहेको भन्दै उनले  नेपालको ब्यूरोक्रेसीलाई लोभी बनाउने काम राजनीतिक दल र निजी क्षेत्र नै रहेको आरोप लगाए।

‘नेपालमा हरेक क्षेत्रले व्यहोरिरहेको समस्या हो, नेपालको ब्यूरोक्रेसीलाई लोभी कसले बनायो भन्दा तपाईं हामीले बनाएका छौँ,’ पोखरेलले भने, ‘अर्कोतिर इमान्दार भनिएकाहरु कस्ता छन् भने कामै नगरी बिताउने खालका छन्। भ्रष्टहरुले कति भ्रष्टाचार गर्छन् होला भन्दा लगानीको १५ प्रतिशतसम्म आर्जन गर्दछन् होला। नोक्शान पुर्‍याउँछन् होला। तर विलम्व गर्नेले शतप्रतिशत नोक्शान पुर्‍याउँछ। अर्थात लागत दुई गुणा वृद्धि गर्दिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad