राजनीति


बजेट ल्याउने मिति सारौँ: विमलेन्द्र निधी

बजेट ल्याउने मिति सारौँ: विमलेन्द्र निधी

नेपालखबर
जेठ १, २०८२ बिहिबार १२:१९, काठमाडौँ

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले जेठ १५ गते ल्याइने बजेटको मिति सार्न प्रस्ताव गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै निधीले  जेठ १५ गते गणतन्त्र दिवस भएकाले बजेट ल्याइने मिति सार्नुपर्ने बताएका हुन्। 

‘आज जेठ १ गते हो। जेठ १५ गते आउँदैछ। जेठ १५ गते महत्वपूर्ण दिन हो गणतन्त्र दिवस। अर्को कामकाजी दिवस हो, बजेट ल्याउने। गणतन्त्र र बजेट दुई वटा शब्दावलीको अन्तरनिहित अर्थ हेर्ने हो भने गणतन्त्रको वेटेज धेरै ठूलो हुन्छ,' उनले भने, '१५ गते बजेट आउने कुरा संविधानमै लेखेको कारणले हो। त्यसोभए संशोधन गरियोस्। सरकारलाई त भन्छु नै सभामुख महोदयलाई पनि आग्रह गर्दछुःकिनभने यो संसदको विषयमा पनि पर्छ। अरु विषयमा संशोधन नभए पनि संविधानमा संशोधन गर्ने दुई दलको समझदारी पनि भएको छ।’

सांसद निधीले संसदको विषय भएकाले पनि संसद्‌मा विशेष ध्यान दिनुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad