राजनीति


सेन्टिमेन्ट र अभिनयको राजनीतिले देश बदल्न सकिँदैन: प्रधानमन्त्री ओली

सेन्टिमेन्ट र अभिनयको राजनीतिले देश बदल्न सकिँदैन: प्रधानमन्त्री ओली

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १६:५६, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा अभिनय सुरु भएको बताएका छन्। मंगलबार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राति मुसा समाउने र बिहान भएपछि पूजापाठ गरेर रुद्राक्ष माला लगाएझैँ गरी चाखो बन्ने अभिनय राजनीतिमा पनि सुरु भएको बताए। 

उनले नयाँ संस्करणको राजनीतिमा भगवानको नाम जप्ने तर काम भने राक्षसको जस्तो गर्ने प्रवृत्ति सुरु भएको टिप्पणी गरे।  

प्रधानमन्त्री ओलीले भने, ‘आजकाल राजनीतिमा पनि अभिनय आएकै छ। राति राति मुसा झ्याप्प,झ्याप्प, झ्याप्प पाल्यो, बिहानै भएपछि यस्तो लगाएर (ठाडो टिका), घण्टी बाँधेर, पाखुरामा रुद्राक्ष बाँधेर यसरी निस्किन्छन् मान्छे की मंगलम भगवान विष्णु...। शान्ति ओम्, शान्ति ओम्, शान्ति ओम्।'

उनले बाघको पञ्जा चाहिने बेलामा मात्रै निस्किने र अघि पछि टेक्दा नङ्ग्रा नदेखिने उल्लेख गरे। 

'बाघको पञ्जा चाहिने बेलामा मात्रै निस्किन्छ। अघिपछि टेक्दा पनि नङ्ग्रा हुँदैन। पञ्जा मात्रै हुन्छ। दाह्रा पनि चाहिएको बेलामा मात्रै देखिने रहेछ,' उनले भने, 'यो पनि राजनीतिमा अलिअलि चल्न थालेको छ। अहिले यो नयाँ संस्करणमा। तर राजनीतिको आचरण त्यस्तो होइन, राजनीति न सेन्टिमेन्टमा न अभिनयमा देश बदल्न सकिन्छ । बदल्न भनेको यथार्थमा बदल्ने हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad