राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले सांगठनिक अभ्यास, राजनीतिक सुधार र कार्यविधि परिवर्तन गर्न सरकारलाई सुझाव दिएका छन्।
‘वर्तमान सरकार कार्यनीतिमा फोकस हुनुपर्दथ्यो, तर, हाम्रो सिद्धान्त तथा प्राथमिकतामा कार्यनीतिमा कति फोकस छौँ,’ झाले भने, ‘अहिलेको विकास देशको अगाडि आर्थिक अवस्था, अगाडि बढाउने, जीविकोपार्जन र दैनिकीलगायत सबै कुराहरु सुधार्ने हो भने हामीले सुधार्नुपर्ने सुशासन हो। सुशासन नसुधारिकन पानी जहाज र मोनोरेलको सपनाहरु बेचेरमात्र राजनीति हुँदैन। जसले हामीलाई अल्झाउने र बल्झाउने काम मात्र गर्छ। किनकी हामीलाई चाहिएको छ ड्राइभिङ लाइसेन्स पाँच दिन दश दिनमा कसरी आउँछ भन्ने महत्वपूर्ण कुरा हो। तर हामी पानी जहाज अफिसको उद्घाटन गर्छौं।’
उनले थपे, ‘भनेको सुधार कहाँ गर्नुछ भन्ने कुरामा केन्द्रित भैराखेका छैनौँ। अझै पनि हामी गलत कुराहरुमा लागिरहेका छौँ भन्ने देखाउँछ।’
Shares

प्रतिक्रिया