राजनीति


संघीय संसद्का दुवै सदनको बैठक बस्दै

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने कार्यसूची
संघीय संसद्का  दुवै सदनको बैठक बस्दै

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार ६:२५, काठमाडौँ

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। 

मंगलबार बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ।

राष्ट्रियसभाको बैठक भने दिउँसो १ः१५ मा बस्ने संसद् सचिवालयले जनाएको छ।

संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) मा सभामा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ। 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए। सोही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad