राजनीति


गौतम बुद्ध अहिंसाको उज्यालो प्रकाश: प्रधानमन्त्री

गौतम बुद्ध अहिंसाको उज्यालो प्रकाश: प्रधानमन्त्री

नेपालखबर
बैशाख २९, २०८२ सोमबार ८:३३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध अहिंसाको उज्यालो प्रकाश तथा मानवता र करुणाका अमूल्य उपहार भएको बताएका छन्।

पच्चीस सय ६९ औँ बुद्धजयन्तीको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस् भन्ने शुभेच्छासमेत व्यक्त गरेका छन्। 

‘अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार–यिनै हुन् गौतम बुद्ध’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बुद्ध जयन्तीले हामीलाई उहाँको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउँछ।’

प्रधानमन्त्री ओलीले बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् भन्ने कामनासमेत गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad