नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले वर्तमान सत्ता गठबन्धन धेरै अगाडि जान नसक्ने जिकिर गरेका छन्। आइतबार संसद् भवन परिसरमा कुराकानी गर्र्दै उनले नीति तथा कार्यक्रममा नीति कांग्रेसको र कार्यक्रम एमालेको भएको आरोप लगाए।
उनले नीति एकातिर र कार्यक्रम अर्कैतिरबाट आएकाले कार्यान्वयनमा शंका गर्नुपर्ने भन्दै सत्तागठबन्धन धेरै लामो सयम नटिक्ने जिकिर गरे। उल्टो बाटोमा हिँडेको सरकारले ल्याएको नीति तथा कार्यक्रम भएकाले प्रतिक्रिया दिन पनि अप्ठ्यारो भएको उनले दाबी गरे।
नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री गम्भीर नदेखिएको पुनको भनाइ छ। युवामा देखिएका निराशा चिर्नेगरी युवाशक्तिलाई आशावादी बनाउने कुनै कार्यक्रम भएको भनेर प्रधानमन्त्रीले नै आत्मविश्वास गुमाएको उनको भनाइ छ।
पुनले भनेः
सरकार उल्टो बाटो हिँडिरहेको छ। प्रतिक्रिया दिन पनि अफ्ठ्यारो छ। नीति तथा कार्यक्रममा नीति मात्रै ल्यायो कार्यक्रम ल्याएन। अहिले चाहिँ बजेटको सिद्धान्त र प्राथमिकता ल्याउनु पर्नेमा फेरि कार्यक्रम ल्यायो ।सरकार नै अलमलमा परेको देखिन्छ।
नीति कार्यक्रममा नीति कांग्रेसको कार्यक्रम एमालेले बाँढेर कार्यक्रम बजेटको प्राथमिकतामा हालेको जस्तो सिद्धान्त जति वा नीतिगत कुराहरु कार्यक्रममा राखेको जस्तो देखिन्छ। यस्तो अफ्ठ्यारोमा छ सरकार, नीति एकातिरबाट कार्यक्रम अर्कोतिरबाट ल्याउनु पर्ने स्थिति छ। दुई ठूला पार्टीहरुको गठबन्धन धेरै जाला जस्तो लाग्दैन यो तालले। उनीहरुको जाला नजाला तर यो देशले जनताले सबैले दुःख पाइने भयो।
नीति कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफमा सरकार प्रधानमन्त्री त्यति गम्भीर पाइएन। जति गम्भीर हुनुपर्ने हो किन भने यो गम्भीर विषय हो। किनभेन यो सिद्धान्तमा यसरी अगाडि लैजान्छु यो नीतिमा यो कार्यक्रममा मुख्य रुपान्तरणकारी कार्यक्रमहरु अहिले जनतामा विश्वास जगाउने कार्यक्रमहरु हुन्छन्, युवामा भएको निराशा चिर्ने खालका हुन्छ भनेर आत्मविश्वासका साथ प्रधानमन्त्रीले भन्न सक्नुभएन। त्यसो गर्दा बजेटमा शंका गर्नुपर्ने भयो अलमलको बजेट भयो। काम चलाउ जस्तो होला जस्तो छ।
Shares

प्रतिक्रिया