राजनीति


राष्ट्रिय सभामा बजेटको सिद्धान्त र प्राथमिकता पेस

राष्ट्रिय सभामा बजेटको सिद्धान्त र प्राथमिकता पेस

नेपालखबर
बैशाख २८, २०८२ आइतबार १६:५४, काठमाडौँ

सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्‌मा पेश गरेको छ।

आइतबार राष्ट्रिय सभा बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता छलफलका लागि गर्ने प्रस्ताव पेस गरेका हुन्। 

उनले संसदले पारित गरेको नीति तथा कार्यक्रम अनुरुप सिद्धान्तहरुका आधारमा बजेट आउने बताए। अर्थतन्त्रका उदयमान क्षेत्रलाई प्रोत्साहन गरिने, निजी क्षेत्रमैत्री, प्रतिष्पर्धी र आत्मनिभर अर्थतन्त्र निर्माणमा जोड दिने बताए। 

नीतिमा निरन्तरता, अर्थतन्त्रमा गतिशिलता र विकासमा तिब्रता हाँसिल गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए। विकासको ढाँचा, गति र संस्कृति बदल्नुपर्ने आवश्यकता रहेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad