बंगलादेशको अन्तरिम सरकारले अवामी लिगका सबै गतिविधिमा प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्धमा अवामी लिगको अनलाइन प्लेटफर्ममा हुने गतिविधि पनि पर्छन्।
शनिबार अन्तरिम सरकारले बोलाएको सल्लाहकार परिषद्को विशेष बैठकले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध लगाउने निर्णय गरेेको हो।
बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसको प्रेस शाखाले विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो।
सरकारी जागिरमा आरक्षणविरुद्ध विद्यार्थीहरूले गरेको आन्दोलनले उग्र रूप लिएपछि १६ वर्षदेखिको सत्ता छाड्दै बंगलादेशबाट भागेकी ७७ वर्षीया हसिना गत वर्ष अगस्ट ५ देखि भारतको शरणमा छिन्।
135
Shares

प्रतिक्रिया