प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरुतिर लक्षित गर्दैै आउने जेठ १५ गते मात्र नभइ कुनै जेठ १५ मा पनि राजतन्त्र नफकिर्ने ठोकुवा गरेका छन्।
आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले प्रतिगामी सपना काम नलाग्ने समेत बताए। ‘जेठ १५ गते। यसपल्टको जेठ १५ गते होइन, अब आउने कुनै जेठ १५गते पर्खिनुहोस्,’ ओलीले भने, ‘तपाईंहरुको सपना साकार हुने छैन। यो प्रतिगामी सपना काम लाग्दैन।’
राजतन्त्र फर्काउने भन्दै राजावादी विभिन्न दल र समूहरुले संयुक्त जनआन्दोलन समितिमार्फत जेठ १५ गतेदेखि देशव्यापी आन्दोलनको घोषणाा गरेका छन्।
387
Shares

प्रतिक्रिया