खेल


राष्ट्रिय टेनिस प्रतियोगिताका विजेतालाई प्रधानसेनापतिद्वारा पुरस्कार प्रदान

राष्ट्रिय टेनिस प्रतियोगिताका विजेतालाई प्रधानसेनापतिद्वारा पुरस्कार प्रदान

नेपालखबर
बैशाख २८, २०८२ आइतबार १३:५३, काठमाडौँ

प्रधानसेनापति अशोकराज सिग्देलले यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८२’ का विजयी क्लब र खेलाडीलाई नगद पुरस्कार प्रदान गरेका छन्।
 
जङ्गीअड्डा परिसरमा यही वैशाख २१ देखि सञ्चालित प्रतियोगितामा क्लबतर्फ त्रिभुवन आर्मी क्लब प्रथम, काठमाडौँ लन टेनिस एशोसिएन द्वितीय र नेपाल टेनिस एशोसिएसन तृतीय भएका थिए।
 
प्रतियोगितामा महिला व्यक्तिगततर्फ सिभाली गुरुङ, स्वस्तिका विष्ट तथा सुनिरा थापा र प्रकृति श्रेष्ठ क्रमशः पहिलो, दोस्रो र तेस्रो तथा पुरुषतर्फ प्रदीप खड्का प्रथम, आरभसम्राट हाडा द्वितीय तथा निशान श्रेष्ठ र प्रणव मानन्धर तृतीय भएका थिए। 
 
खुला तथा भेट्रान्सतर्फ १२ विधामा खेल भएका थिए। प्रतियोगितामा नौ क्लबका १५ महिलासहित १९६ जना सहभागी थिए। नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना भएको हाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad