राजनीति


गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव गर्ने कांग्रेसको तयारी

गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव गर्ने कांग्रेसको तयारी

नेपालखबर
बैशाख २८, २०८२ आइतबार १०:१९, काठमाडौँ

डा.गुणाकर भट्टलाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउने प्रयास पेचिलो बनेपछि नेपाली कांग्रेसले अर्थविद् डाक्टर विश्व पौडेललाई अगाडि सार्ने तयारी गरेको छ। 

शनिबार बेलुका बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले यदि भट्टलाई गभर्नर बनाउन नसकिने भए पौडेललाई बनाउन प्रधानमन्त्री ओलीसमक्ष प्रस्ताव गरेका हुन्। 

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पनि त्यसको पुष्टि गरे।

‘भट्टजीलाई गभर्नर बनाउन नसकिएपछि सभापतिले नयाँ नाम दिनु परेको हो,’ उनले भने, ‘विश्व पौडेलको नाम अहिले सभापति ज्यूले अगाडि सार्नु भएको साँचाे हाे।’

तर, पौडेल अहिले सरकारले गठन गरेको गभर्नर सिफारिस समितिका सदस्य छन्। अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको सो समिति छोडेपछि मात्रै उनको विषयमा  छलफल हुन सक्छ।

कांग्रसले भट्टलाई नयाँ गभर्नर बनाउन जोडबल गर्दै आएको छ। तर, उनको राजीनामा स्वीकृत नभएकाले लामो समयदेखि राष्ट्र बैंकको गभर्नर सिफरिस हुन सकेको छैन। 

कांग्रस निकट स्रोतका अनुसार विश्व पौडेल योग्यताको हिसाबले पनि गभर्नर पदका लागि सक्षम व्यक्ति हुन्। यसमा विश्वको पनि चाहना देखिन्छ। 

अब एक चरण देउवा र ओली बसेर विश्वलाई सिफारिस समितिको सदस्यबाट राजीनामा गर्न लगाएर अर्को व्यक्तिलाई सिफारिस समितिमा ल्याउने सम्मको तयारी र छलफल उनीहरुबीच भएको स्रोतले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad