राजनीति


प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड: उपराष्ट्रपति यादव

प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड: उपराष्ट्रपति यादव

नेपालखबर
बैशाख २७, २०८२ शनिबार १५:५२, काठमाडौँ

उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको बताएका छन्।

नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उपराष्ट्रपति यादवले स्वतन्त्र प्रेसले नागरिकलाई सही सूचना सम्प्रेषण गर्नुपर्ने र सरकारका कामहरुलाई राष्ट्रहितका लागि सही मार्गदर्शन गर्नुपर्ने बताए।

उनले वर्तमान समयमा जलवायु परिवर्तनको समस्या गम्भीर संकटको विषय भएकाले यसको न्यूनीकरणका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए।

उपराष्ट्रपति यादवले जलवायु परिवर्तनले हुने वातावरणीय क्षति न्यूनीकरणका लागि सञ्चारकर्मीले कलम चलाउँदै नीति निर्माणका तहमा रहेकाहरुलाई उत्तरदायी बनाउनुपर्ने जिम्मेवारी रहेको बताए।  

उपराष्ट्रपति यादवले भने, ‘लोकतन्त्र र प्रेस स्वतन्त्रता परस्पर अन्योन्याश्रित छन्। स्वतन्त्र प्रेस विना लोकतन्त्र कमजोर हुन्छ लोकतन्त्र कमजोर हुँदा प्रेस स्वतन्त्रता पनि संकटमा पर्नसक्छ। प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड हो। स्वतन्त्र प्रेस नागरिकहरुलाई सही सूचना प्रवाह गर्ने, सरकारको जवाफदेहिता सुनिश्चित गर्ने तथा आम नागरिकको आवाज बुलन्द गर्ने एक महत्वपूर्ण माध्यम हो। खासगरी जलवायु परिवर्तनको वास्तविकता वातावरणीय क्षति न्यूनीकरणबारे कलम चलाउन जरुरी छ।’

उनले उत्तरदायी पत्रकारितामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउनु वर्तमानको आवश्यकता भएको बताए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad