राजनीति


पाकिस्तानमा अध्ययनरत ८० विद्यार्थीले उद्धारको अनुरोध गरेको भन्दै पहल गर्न रास्वपा सांसदको माग

पाकिस्तानमा अध्ययनरत ८० विद्यार्थीले उद्धारको अनुरोध गरेको भन्दै पहल गर्न रास्वपा सांसदको माग

फाइल तस्बिर


नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार ११:४२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीले उद्धारका लागि अनुरोध गरेको भन्दै त्यसका पहल गर्न सरकारलाई आग्रह गरेका छन्। 

शुक्रबार प्रतिनिससभाको बैठकमा बौल्दै उनले भने, ‘पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीले उद्धारको अनुरोध गर्नुभएको छ। तुरुन्त उद्धार र सुरक्षाको पहल होस्।’

हालै भारतको कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलाको निन्दा गर्दै खनालले नेपाल र्साकको अध्यक्ष भएकाले भारत–पाकिस्तान तनावबारे स्वभाविक चासो हुनुपर्ने धारणा समेत राखे।

‘भारत र पाकिस्तानबीच तनावको स्थिति देखिएकोछ,’ उनले भने, ‘आफ्नो छिमेकी मात्रै होइन र्साकको अध्यक्षको नाताले यो क्षेत्रको शान्ति र स्थिरतामा नेपालको स्वभाविक चासो हुनुपर्दछ।’

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर आतंकवादविरुद्ध स्पष्ट अडान राखेको भन्दै त्यसको स्वागत गर्दै खनालले भारत र पाकिस्तानबीच युद्ध भएमा नेपाललाई पर्ने असरबारे योजना निर्माण गर्न समेत माग गरे।

उनले भने, ‘परराष्ट्र मन्त्रालयले ढिलै गरेर भए पनि विज्ञप्तिमार्फत सार्वजनिक गरेको आातंकवादविरुद्धको अडानको स्वागत गर्दै भारत–पाकिस्तानबीच युद्धको स्थिति बन्न गएमा नेपालाई पर्न सक्ने सुरक्षा, आर्थिक र आपुर्ति शृंखलाको साथै पश्चिम भारत र पाकिस्तानमा रहेका नेपालीमाथि पर्नसक्ने प्रभावसम्मको मूल्यांकनगरी योजना निर्माणको माग गर्दछु।’

खनालले यसबारे संसद्‍मा जानकारी गराउन समेत रुलिङको माग गरे। उनले भने, ‘यो संसदलाई समग्र पक्षको मूल्यांकन र नेपाल सरकारको तयारीबारे जानकारी गराउन रुलिङ होस भन्ने माग गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad