राजनीति


राजदूतद्वय चित्रलेखालाई न्यूजिल्यान्ड र तिम्सिनालाई ब्रुनाई दारुसलामको जिम्मेवारी

राजदूतद्वय चित्रलेखालाई न्यूजिल्यान्ड र तिम्सिनालाई ब्रुनाई दारुसलामको जिम्मेवारी

नेपालखबर
बैशाख २५, २०८२ बिहिबार १४:५०, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपालका आवासीय राजदूत चित्रलेखा यादवलाई न्यूजिल्यान्डका लागि र मलेसियाका लागि नेपालका आवासीय राजदूत डा. नेत्रप्रसाद तिम्सिनालाई ब्रुनाई दारुसलामका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन्।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राजदूतद्वयलाई उक्त पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad