ग्लोबल


भारतविरुद्ध सैन्य आक्रमण भए कडा जवाफ दिनेछौँ: एस जयशंकर

भारतविरुद्ध सैन्य आक्रमण भए कडा जवाफ दिनेछौँ: एस जयशंकर

फाइल तस्बिर: भारतका विदेशमन्त्री एस जयशंकर


नेपालखबर
बैशाख २५, २०८२ बिहिबार १४:५७, काठमाडौँ

पाकिस्तानसँग टकराब भइरहेका बेला भारतका विदेशमन्त्री एस जयशंकरले भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिइने चेतावनी दिएका छन्।

इरानी विदेशमन्त्री अब्बास अरघचीसँगको भेटमा जयशंकरले उक्त अभिव्यक्ति दिएका हुन्। 

भारत-इरानमैत्री सन्धिको ७५औँ वार्षिकोत्सवका अवसरमा द्विपक्षीय सहयोग समीक्षा बैठकमा भाग लिन अरघची अहिले भारत भ्रमणमा छन्।

भारतीय विदेशमन्त्री जयशंकर स्वयंले एक्समार्फत बताएअनुसार अप्रिल २२ मा जम्मु कश्मीरको पहलगाममा भएको आक्रमणबारे इरानी विदेशमन्त्रीलाई जानकारी दिँदै उक्त चेतावनी दिएका हुन्। 

उनले भने, ‘यो आक्रमणले हामीलाई सीमापार (पाकिस्तानमा) आक्रमण गर्न बाध्य बनायो।’

पहलगाम आक्रमणपछि भारतले मे ७ मा 'आतंकवादी लुक्ने ठाउँहरू'लाई लक्ष्य गरी सीमापार आक्रमण गरिएको जयशंकरले बताए।

उनले भने, ‘हामी तनाव बढाउन चाहँदैनौँ, तर यदि हामीविरुद्ध सैन्य कारबाही गरियो भने हामी धेरै कडा प्रतिक्रिया दिनेछौँ भन्नेमा कुनै शंका छैन।’

यसअघि आजै सर्वदलीय बैठकपछि भारतका संसदीय मामिला मन्त्री किरण रिजिजुले पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ जारी रहेको बताएका थिए।

अप्रिल २२ मा जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा २६ जना मारिएपछि भारतले यसमा पाकिस्तानको साथ रहेको आरोप लगाउँदै मंगलबार राति अपरेसन सिन्दूर भन्दै पाकिस्तानका ९ स्थानमा हवाई हमला गरेको थियो। 

जसमा २६ जना नागरिक मारिएको र ४६ जना घाइते भएको पाकिस्तानी सैन्य प्रवक्ताले बताएका छन्।

जवाफमा बुधबार बिहान पाकिस्तानले पनि कश्मीर क्षेत्रमा गरेको गोलाबारी गरेको र १५ जनाको मृत्यु तथा ४३ जना घाइते भएको भारतीय सेनाले जनाएको छ।

जसका कारण दुई देशबीच पूर्ण युद्धको खतरा देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad