राजनीति


मलाई पञ्चायतले गोलघरको चिसो भुइँमा राखेर यातना दिँदा मिर्गौला बिग्रियो: प्रधानमन्त्री

मलाई पञ्चायतले गोलघरको चिसो भुइँमा राखेर यातना दिँदा मिर्गौला बिग्रियो: प्रधानमन्त्री

नेपालखबर
बैशाख २५, २०८२ बिहिबार १२:५५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले कुष्ठरोग निवारण गर्ने राज्यको प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज काठमाडौँमा आयोजित ‘नेपाल कुष्ठरोग सम्मेलन’को उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा प्रति १० हजारमा एकभन्दा तलको सङ्ख्यामा कुष्ठरोगी रहनु सुधारात्मक भए पनि रोग पूर्ण रुपमा उन्मुलन नभएसम्म सन्तुष्ट हुन नसकिने बताए। 

निरोगी नेपालको महाअभियानमा कुष्टरोग निर्मुल गर्ने लक्ष्य पनि समेटिएको भन्दै उनले यो रोग पूर्ण रुपमा उन्मुलन नभएसम्म सन्तुष्ट हुन नसकिनेमा जोड दिए। 

पहिला पहिला मान्यजनले आशीर्वाद दिँदा पाचन प्रणाली राम्रो होस् भनेर दिइँने गरेको स्मरण गर्दै उनले आहार–बिहार सही रुपमा गरे स्वस्थ्य रहन सकिने बताए। उनले कुष्ठारोगजस्ता सङ्क्रामक रोग लागि हालेमा नियमित उपचार गर्ने कार्यलाई जागरणकै रुपमै सञ्चालन गर्नुपर्नेमा पनि जोड दिए। 

मन्तव्यको क्रममा प्रधानमन्त्री ओलीले आफूलाई पञ्चायती शासकले गोलघरको चिसो भुइँमा राखेर यातना दिएको पनि स्मरण गरे। सोही यातनाको कारण आफ्नो मिर्गौला फेल भएको उनले बताए। 

प्रधानमन्त्री ओलीले कुष्ठरोगीलाई हेलाँहोचो नगर्न कानुनमा संशोधन गर्ने र रोग सर्नबाट पनि बच्ने उपायका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। 

उनले रोग लुकाउनु हुँदैन भन्ने सन्देशसहित आमसञ्चार र सूचना प्रविधिका माध्यमबाट कुष्ठारोग निवारणका लागि जागरण फैलाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad