राजनीति


नीति तथा कार्यक्रममा कुनै उत्साह, रौनक र उद्देश्य छैन : स्वर्णिम वाग्ले

नीति तथा कार्यक्रममा कुनै उत्साह, रौनक र उद्देश्य छैन : स्वर्णिम वाग्ले

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार १३:४७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारले ल्याएको नीति तथा कार्यक्रममा कुनै उत्साह, रौनक र उद्देश्य नभएको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अहिलेको विशिष्ट परिस्थितिलाई महसुस गर्न नसेको समेत टिप्पणी गरे।

‘आफ्नो शक्ति नै थाहा नपाएको जस्तो महसुस हुन्छ,’ वाग्लेले भने, ‘कुनै उत्साह छैन। कुनै रौनक छैन। विराट उद्देश्य हुनुपर्ने हो। ठूलो संकट हुँदा, आर्थिक प्रलय हुँदा गरिने प्रयोगको नतिजा के छ? लगभग शून्य।’

अहिलेको सरकार निर्माण हुँदा गरिएको ७ बुँदे सहमतिमा भ्रष्टाचार नियन्त्रण गर्ने कुरा राखिएको भए पनि त्यो अहिले मजाक जस्तै भइरहेको उल्लेख गरे। ‘७ बुँदेमा भनिएको थियो, हामी भ्रष्टाचार गर्दैनौँ, सुशासन दिन्छौँ,’ वाग्लेले भने, ‘त्यो एउटा मजाक भइसकेको छ। आजकाल टेलिभिजन कार्यक्रममा कमेडी चलेनन् भने एउटा मन्त्रीलाई लगेर त्यहाँ बाचन गर्न लगाए हुन्छ। त्यही प्रयाप्त हुन्छ।’

संविधान संशोधनको कुरा गरिएको भए पनि त्यसमा कुनै काम नभएको वाग्लेको आरोप छ। ‘संविधान संशोधनको एउटा पनि बुँदा प्रस्तावित छैन,’ उनले भने, ‘१०, ११ महिना भइसक्यो।’

दुई तिहाइ सरकारको लय, चरित्र र सामथ्र्य यस्तै हुन्छ भन्दै वाग्लेको प्रश्न छ,‘दुई तिहाइ सरकारको लय, चरित्र, सामर्थ्य, यो ऐतिहासिकता यस्तै नै हो त? यसले न्याय गरेको छ जस्तो तपाईंहरुलाई लाग्छ?’

उनले थपे, ‘अनौपचारिकरुपमा बुझ्दा सत्तारुढ दलमै ठूलो निराशा भएको मैले पाएको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad