ग्लोबल


भारतले चेनाब नदीको पानी रोक्दा पाकिस्तानमा जलसंकट

भारतले चेनाब नदीको पानी रोक्दा पाकिस्तानमा जलसंकट

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार १३:५५, काठमाडौँ

भारतले जम्मु कश्मीरको चेनाब नदीमा सियाल र बगलिहार बाँधका ढोका बन्द गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार यसले गर्दा पाकिस्तान जाने चेनाब नदीको बहाव रोकिएको छ र पानीको सतह १५ फिटमा झरेको छ।

पाकिस्तानमा चेनाब नदीको पानीको सतह २२ फिट थियो जुन २४ घण्टामा ७ फिट घटेको हो।

चेनाब नदीको निरन्तर संकुचनका कारण पाकिस्तानका २४ महत्त्वपूर्ण सहरका ३ करोडभन्दा बढी मानिस ४ दिनपछि पिउने पानीका लागि तड्पिनुपर्ने हुन सक्छ।

पाकिस्तानका फैसलाबाद र हाफिजाबादजस्ता घना बसोबास भएका सहरको ८० प्रतिशत संख्याका मानिस पिउने पानीको लागि चेनाब नदीको सतहको पानीमा निर्भर छन्।

सिन्धु जल प्राधिकरणले भारतको यो कदमले खरिफ बालीका लागि पानीमा २१ प्रतिशत कमी आउने चिन्ता व्यक्त गरेको थियो। पाकिस्तानी संसद्‌ले यसलाई युद्ध छेड्ने कार्य भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad