राजनीति


प्रिसा साह मृत्यु प्रकरण: भारतसँग संवाद गर्न सरकारलाई सभामुखको रुलिङ

प्रिसा साह मृत्यु प्रकरण: भारतसँग संवाद गर्न सरकारलाई सभामुखको रुलिङ

फाइल तस्बिर


नेपालखबर
बैशाख २२, २०८२ सोमबार ११:४७, काठमाडौँ

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआई टी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको निधनबारे सत्यतथ्य पत्ता लगाउनका लागि भारतसँग कूटनीतिक संवाद गर्न सभामुख देवराज घिमिरेले सरकारलाई रुलिङ गरेका छन्।

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरुले यसबारे कुरा उठाएपछि सभामुखले सरकारका नाममा यस्तो रुलिङ गरेका हुन्।

‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको निधनबारे माननीयज्यूहरूले आकस्मिक समयमा उठाउनुभएको विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको छ,’ सभामुखको रुलिङ छ, ‘उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो। सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कूटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु। साथै, विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन नीतिगत पहलहरू अवलम्बन गर्न अपिल गर्दछु।’

यसअघि राष्ट्रिय सभाले पनि सरकारलाई यसबारे जवाफ दिन निर्देशन दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad