पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले राजावादीहरुको मनोबल खस्केको बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दैै उनले भने, ‘आज राजवादीको मनोबल खस्केको छ। हामीले भूमिका खेलेर हो। हामीले कार्यक्रम गरेर हो। दुईटालाई मान्छेले तुलना गरे। भृकुटीमण्डको कार्यक्रम एउटा, अनि तीनकुनेको कार्यक्रम अर्को।’
नेपालले थपे, ‘तीनकुनेको कार्यक्रम उदण्ड थियो। आगो लगाउने। मान्छेलाई जिउँदै जलाउने। गाडीले नै प्रहरीमाथि आक्राण गर्न खोज्ने। तिनीहरु अराजकहरुको झुण्ड थियो। हाम्रो पार्टी अफिसमा आक्रमण गरे। आगो लगाए। कम्प्युटर चोरे भागे। हुँदा हुँदा पसलमा गएर रक्सीको बोतल पनि चोरेर भागेछन्।’
यस्ता माछेहरुले देश चलाउने अवस्था आए के हुन्छ भन्ने प्रश्न गरेका नेपालले उनीहरुको मनोबल गिरेको भए पनि खतरा भने अझै टरिनसकेको उल्लेख गरे।
‘कस्ता अगतिलाहरु परे, तिनीहरुले यो देश चलाउने भए भने के हुन्छ हालत?,’ उनले भने, ‘आज उनीहरुको मनोबल गिरेको छ। तर, पनि खतरा बाँकी छ। यो खतरा बाँकी रहेकाले गणतन्त्र पक्षधर फेरि मिलनुपर्छ। गणतन्त्र जोगाउने शक्तिका बीचमा एक राय हुनुपर्छ।’
Shares

प्रतिक्रिया