राजनीति


नीति तथा कार्यक्रमबारे बाबुराम : सबैलाई खुसी पार्ने प्रयास

नीति तथा कार्यक्रमबारे बाबुराम : सबैलाई खुसी पार्ने प्रयास

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार १७:२८, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले सरकारले सबैलाई खुसी पार्नेगरी नीति तथा कार्यक्रम ल्याएको टिप्पणी गरेका छन्। 

संसद् नयाँ बानेश्वरमा संचारकर्मीहरुसँग कुराकानी गर्दै भट्टराईले सुशासनलाई प्राथमिकता दिनुपर्ने भए पनि त्यसरी नआएको समेत उल्लेख गरे। भट्टराईले भने, ‘उहाँहरुले सबैलाई खुसी पार्छु भन्ने ढंगले आउनुभयो, त्यो सम्भव छैन।’

त्यस्तै सुशासन कायम गर्ने अंगहरुलाई समेत बलियो बनाउँछौँ भन्न नसकेको टिप्पणी गरे। ‘अर्थतन्त्र र सुशासनको क्षेत्रमा प्राथमिकता दिनुपर्ने हो,’ उनले भने, ‘सुशासन कायम गर्ने अंगहरुलाई बलियो बनाउँछौं सुधार गर्छौँ भन्न सक्नुपर्थ्यो। त्यो भन्न सकेको छैन।’

भट्टराईले नीति तथा कार्यक्रम गुणात्मक महत्वको आउने आफूले अपेक्षा गरेको भए पनि त्यस अनुसार नआएको जिकिर गरे।

‘अलि गुणात्मक महत्वको आउँछ कि भन्ने अपेक्षा थियो, तर उहाँहरूले निरन्तरता मै ल्याउनुभयो कि जस्तो लाग्यो,’ उनले भने, ‘आउन त सबै कुरा आएको छ तर त्यो मात्रात्मक, सुधारात्मक तरिकाले आयो। देशको आवश्यकता सबै क्षेत्रमा गुणात्मक महत्वको आउँछ कि भन्ने मेरो अपेक्षा थियो। मैले त्यसो पाइनँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad