राजनीति


भारतबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण तत्काल सुरु गर्न विवेकशीलको आग्रह

 भारतबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण तत्काल सुरु गर्न विवेकशीलको आग्रह

नेपालखबर
असार २१, २०७६ शनिबार ६:५४,

विवेकशील नेपाली पार्टीले सरकारले रोकेको आयातीत भारतीय तरकारीको विषादी परीक्षण तत्काल सुरु गर्न आग्रह गरेको छ।

भारतको चर्को दबाबपछि बिहीबार मन्त्रिपरिषदको बैठकले तत्कालका लागि विषादी परीक्षण स्थगित गर्ने निर्णय गरेको थियो। सरकारको निर्णयसँगै भारतबाट विषादीयुक्त तरकार भित्रन थालेपछि विवेकशीलले पार्टीको ध्यानकर्षण भएको बताउँदै शनिबार विज्ञप्ति प्रकाशित गरेर विषादी परीक्षण तत्काल सुरु गर्न आग्रह गरेको छ।

करोडौँ नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने विषादीयुक्त तरकारी भित्रिएको भन्दै सरकार आफैले गरेको विषादी परीक्षण रोक्ने निर्णय पुग्नु दुखद भएको विवेशकीलको भनाइ छ। विवेकशीलले सरकार नगरिकमुखी हुनुको सट्टा नगरिकको स्वास्थ्यमाथि सम्झौता गरेको आरोप लगाएको छ।

‘भारतीय पक्षले दिएको दबाबलाई भन्सार क्षेत्रमा उपयुक्त विषादी परीक्षणका उपकरण र प्रविधि उपलब्ध नभएको भन्ने बहानामा नअल्झिई यथाशीघ्र प्राविधिक काम पुरा गरी पुनः नाकामा विषादी परीक्षण सुरु गर्न विवेकशील नेपाली सरकारसँग आग्रह गर्दछ’, विवेकशीलद्वारा जारी प्रक्रियागत निर्णय भई कार्यान्वयन भइरहेको स्थितिमा विषादी परीक्षण नै रोक्ने प्रस्ताव प्रधानमन्त्रीबाटै आउनु निकै गैरजिम्मेवार र नागरिकको स्वास्थ्यमाथि अनुदार कदम भएको विवेकशील नेपाली दलको ठहर छ। स्वास्थ्य नागरिक बने पो त देश समृद्ध हुन्छ। सरकार तिमी कहिलेसम्म यो हदसम्म विवेकहीनताको बन्दी बनिरहछौँ।’

 नागरिकले विषादी रहित, स्वस्थ तरकारी तथा फलफुल उपभोग गर्न पाउने अधिकार कुण्ठित हुने गरी गरिएको निर्णय फिर्ता लिन र परीक्षणको प्राविधिक पक्षलाई तत्कालै सबल बनाई विषादी परीक्षण सुचारु गर्न विवेकशील नेपाली दल सरकारसँग जोडदार माग गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad