राजनीति


एउटा हेन्सम ब्वाइ छ, फिल्म खेल्न आए हुन्छ भन्दा पनि गाली खाइन्छ : प्रधानमन्त्री ओली

एउटा हेन्सम ब्वाइ छ, फिल्म खेल्न आए हुन्छ भन्दा पनि गाली खाइन्छ : प्रधानमन्त्री ओली

नेपालखबर
बैशाख १७, २०८२ बुधबार १५:३७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा कलाकारले आफूलाई लागेको कुरा गर्न पनि खाली खानु परेको बताएका छन्।

बुधबार नेकपा एमालेनिकट जनसांस्कृतिक महासंघको कार्यक्रममा सम्बोधन गर्दै उनले कलाकारलाई पनि सहिजलो नभएको बताए।

‘एउटा मनपरेको कलाकारले मन परेको कुरा गर्नुभयो,’ कलाकार सुरक्षा पन्ततिर संकेत गर्दै ओलीले भने, ‘एउटा हेन्सम ब्वाइ छ, खेल्न आए हुन्छ। कलाकार भए हुन्छ भन्दा पनि गाली खाइन्छ।’

हालै एक टेलीभिजन कार्यक्रममा पन्तले पूर्वराजा ज्ञोन्द्र शाहका नाती हृदयेन्द्र शाहलाई आकर्षक अनुहार भएको भन्दै फिल्म खेल्न आए हुन्छ भन्ने सुझाव दिएकी थिइन्। त्यसलाई लिएर विशेषगरी राजावादीहरुले उनको चर्को आलोचना गरिरहेका छन्।

प्रधानमन्त्री ओलीले त्यसतर्फ लक्षित गर्दै आफूहरुले गणतन्त्र ल्याए पनि केहीले रैती नै हुन चाहेको उल्लेख गरे। ‘राजनीतिमा आउँछ भन्दैन, राजा बनाए कसो हुन्छ भन्छ अर्काले,’ उनले भने, ‘त्यो त अहिलेको समयमा अलिक सुहाउँदैन होला भनेपछि उधुम गालीको वर्षा हुन्छ। मुर्खहरुको पनि सानोतिनो भीड छ। रैतीबाट आफै माथि उठ्न नचाहाने रैतानहरु। यिनलाई हामीले उठाउन खोज्यौँ। गणतन्त्र ल्यायौँ। रैती हुम भन्छन्।’

कलाकार प्रकाश सपुतले आफ्नो प्रशंसा गर्दा भएको आलोचनातिर पनि संकेत गर्दैै ओलीले भने, ‘एकजना कलाकारले एउटा मञ्चमा एकजनाको दुई शब्द सकरात्मक बोलीदिएछ।’ 

उनले थपे, ‘डेमोक्रेसी भनेको सुन्नै नसक्ने। वाकस्वतन्त्रता सुन्नै नसक्ने। कसैले विचार प्रकट गरेको सुन्नै नसक्ने। तानाशाहीको प्रेत कस्तरी चम्केको होला?’

प्रधानमन्त्री ओलीले एउटा कलाकारलाई बहिस्कार गर्दैमा केही पनि फरक नपर्ने जिकिर गरे। ‘यो कलाकारलाई बहिस्कार गरौँ,’ उनको भनाइ छ, ‘के हुन्छ? तिमी नै त्यो मनोरञ्जन, त्यो ज्ञान, त्यो कलाबाट बञ्चि हुने छौ। अरुलाई केही पनि हुँदैन। सुन्ने मान्छे थुप्रो छन्। हेर्ने मान्छे थुप्रो छन्, केही पनि फरक पर्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad