समाज


रेशम पक्राउ प्रकरण: प्रहरीमा पुगेको पत्र सर्वोच्चकै छानबिनमा

रेशम पक्राउ प्रकरण: प्रहरीमा पुगेको पत्र सर्वोच्चकै छानबिनमा

नेपालखबर
बैशाख १७, २०८२ बुधबार १५:४५, काठमाडौँ

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गर्न सर्वाेच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले लेखेको पत्र विवादमा परेको छ।

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार देवेन्द्र ढकालले यस विषयमा छानबिन गर्न मातहत अधिकरीलाई भनेका छन्।

सर्वोच्चको पत्रका आधारमा रेशम पक्राउ परेको खबर थाहा पाएपछि उनले सबै महाशाखा प्रमुखहरू बोलाएर सोधीखोजी गरेका थिए। सबैले अनभिज्ञता प्रकट गरेका थिए।

सर्वोच्चको मुद्दा तथा रिट महाशाखाको चलानी नं १९२७७ भएको पत्र प्रहरीबाट सार्वजनिक भएपछि सर्वोच्चले छानबिन थालेको छ।

उक्त पत्र कहाँबाट गयो भन्ने कुरामा सर्वाेच्चका अधिकारीहरू दिनभरजसो अलमलमा रहे। सर्वाेच्च अदालतभित्रै व्यापक बुझ्ने काम भयो।

सर्वोच्चका एक सहरजिस्ट्रारका अनुसार, विष्ट आफै रेशम चौधरीलाई बाँकी कैद भुक्तानका लागि पक्राउ गर्नुपर्ने कारण खुलाइएको पत्र तयार पारेर नेपाल प्रहरीका महानिरीक्षक दीपक थापालाई भेट्न गएको खुलेको छ।

सर्वाेच्चका ती अधिकारीका अनुसार उक्त पत्राचार कर्मचारीको आचरणअनुकूल नभएको पाइएको छ। 

‘पत्र लेख्ने अधिकार भए पनि मुद्दाको मेरिटमा प्रवेश गर्ने अख्तियारी थिएन। अब आन्तरिक कारबाहीको तयारी भएको छ,’ ती अधिकारी भन्छन्, ‘कारबाही त गर्नैपर्छ। अब रेशमलाई रिहाइ गर्ने पत्र फेरि पठाउने तयारी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad