राजनीति


नौ बुँदे माग सम्बोधन गरे आन्दोलनको स्वरूप परिवर्तन गर्ने शिक्षक महासंघको निर्णय

नौ बुँदे माग सम्बोधन गरे आन्दोलनको स्वरूप परिवर्तन गर्ने शिक्षक महासंघको निर्णय

नेपालखबर
बैशाख १६, २०८२ मंगलबार २०:२१, काठमाडौँ

नेपाल शिक्षक महासंघले आफ्ना नौ बुँदे माग सम्बोधन गर्न सरकार तयार भए आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको महासंघको बैठकले सरकारले मन्त्रिपरिषदबाट पूरा गर्न सक्ने आफ्ना नौ बुँदे माग सम्बोधन गरे आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको हो।

बैठकपछि अहिले महासंघका प्रतिनिधि र सरकारबीच वार्ता भइरहेको छ।

महासंघको बैठकले आन्दोलन सँगसँगै सरकारसँग पूर्वसहमति कार्यान्वयनबारे स्पष्ट मार्गचित्रसहित निर्णायक वार्ता गर्ने सर्वसम्मत निर्णय गरेको थियो।

शिक्षा मन्त्रालयले दिउँसो ३ बजे वार्तामा बोलाएको थियो। शिक्षकहरूको बैठक लम्बिँदा वार्ता ५ घण्टा ढिलो सुरू भएको हो।  

यसअघि सोमबार दुई चरणमा शिक्षक र सरकारका प्रतिनिधिबीच वार्ता भएको थियो। वार्ता सकारात्मक रहेको सरकारी पक्षको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad