पाकिस्तानले नियन्त्रण रेखामा आफ्नो हवाई क्षेत्र उल्लंघन गर्ने भारतीय जासुसी ड्रोन खसालेको दाबी गरेको छ।
सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै पाकिस्तानको सरकारी रेडियोले भारतले भाब्बरको मनावर सेक्टरमा ड्रोन प्रयोग गरेर जासुसी गर्ने प्रयास गरेको रिपोर्ट गरेको छ।
यद्यपि यसबारे भारत सरकारबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
अप्रिल २२ मा जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा २६ जना मारिएपछि भारत र पाकिस्तानबीच तिक्तता बढेको छ।
घटनालगत्तै भारतले सिन्धु जल सन्धि निलम्बन, अटारी सीमा बन्द, भिसा सुविधा फिर्तालगायत पाकिस्तानविरुद्ध विभिन्न निर्णय गर्यो भने जवाफमा पाकिस्तानले पनि भारतसँगका द्विपक्षीय सम्झौता निलम्बन गर्ने, हवाई क्षेत्र र सीमा बन्दलगायत कारबाही घोषणा गरेको छ।
981
Shares

प्रतिक्रिया