भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराई भेटघाटमा व्यस्त बनेका छन्।
प्रगतिशील नेपाली समाज समिति, भारतको अधिवेशन उद्घाटनका लागि शनिबार भारत पुगेका उनले नेपालका लागि भारतीय पूर्वराजदूतहरू श्याम शरण, राकेश सुद, रञ्जित रे र मंजिव सिंह पुरीसँग भेटघाट गरेका छन्। 
त्यस्तै उनले नेपाल मामिलाका जानकार प्राध्यापक एसडी मुनी, प्रा. मट्टु र पत्रकार भारत भूषणसँग पनि भेटघाट गरेका थिए। त्यसअघि उनले रक्षा मन्त्री राजनाथ सिंहबीच पनि भेटवार्ता गरेका थिए।
सिंहसँगको भेटमा हालै भारतको कश्मीरस्थित पेहलगाममा सर्वसाधारणमाथि भएको आतंकवादी हमलाको भट्टराईले निन्दा गर्दै गहिरो दुःख व्यक्त गरेका थिए।
777
Shares

प्रतिक्रिया