हिजो बढेको सुनको मूल्य आज घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार चारसय रुपैयाँले घटेको हो।
हिजो सुन प्रतितोला १ सय रुपैयाँ बढेको थियो।
सुनको मूल्य आज प्रतितोला एक लाख ८८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
आइतबार सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार सात सय रुपैयाँ थियो।
गएको मंगलबार सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आइतबार प्रतितोला एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार नौ सय ७० रुपैयाँमा झरेको छ।
4.8k
Shares

प्रतिक्रिया