राजनीति


शिक्षक आन्दोलनमाथि दमन गरेको भन्दै एकीकृत समाजवादीद्वारा भत्सर्ना

शिक्षक आन्दोलनमाथि दमन गरेको भन्दै एकीकृत समाजवादीद्वारा भत्सर्ना

नेपालखबर
बैशाख १४, २०८२ आइतबार १८:२७, काठमाडौँ

शिक्षक आन्दोलनमाथि सरकारले दमन गरेको भन्दै नेकपा एकीकृत समाजवादीले भत्सर्ना गरेको छ। आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारले राज्य शक्तिको दुरुपयोग गरेर शिक्षक आन्दोलन दबाउने कोसिस गरेको आरोप लगाएको छ। 

‘शिक्षक महासंघसँथ वार्ता गरेर शिक्षक आन्दोलनका माग र मुद्दाहरू सम्बोधन गर्ने र विद्यार्थीहरूको पठनपाठन सुचारु गर्नु पर्नेमा सरकार आन्दोलनप्रति उदासिन मात्र होइन आक्रामक बनिरहेको छ र आन्दोलन असफल बनाउने षडयन्त्र गरिरहेको छ,’ बैठकपछि जारी वक्तव्यमा भनिएको छ, ‘त्यतिमात्र होइन सरकारले राज्य शक्तिको दुरुपयोग गरेर शिक्षकहरूको शान्तिपूर्ण प्रदर्शनमा दमन गर्ने, लाठीचार्ज गर्ने र आन्दोलनरत दर्जनौ शिक्षकहरूलाई घाइते बनाउने निरंकुश र गैर जिम्मेवार काम गरेको छ।’

पत्रकारलाई समेत घाइते बनाएको भन्दै एकीकृत समाजवादीले भनेको छ, ‘प्रहरी हस्तक्षेपबाट पत्रकार समेत घाइते बनाईएको छ। शिक्षक आन्दोलनमाथि सरकारले गरेको बर्बरतापूर्ण दमनको हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ। प्रहरी दमन बन्द गर्न र घाइते शिक्षकहरूको निशुल्क उपचारको लागि सरकारसँग जोडदार माग गर्दै घाइते शिक्षकहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad