राजनीति


उन्मुक्तिसँग एकताबारे मंगलबार जनमतको बैठक, नागरिकतासहित उपस्थित हुन निर्देशन

उन्मुक्तिसँग एकताबारे मंगलबार जनमतको बैठक, नागरिकतासहित उपस्थित हुन निर्देशन

जनमत पार्टीका अध्यक्ष डा सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ


नेपालखबर
बैशाख १३, २०८२ शनिबार १४:२९, काठमाडौँ

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच यही वैशाख १७ गते पार्टी एकीकरण घोषणा हुने भएको छ।

जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले पार्टी एकीकरणको मिति तय भएको जानकारी दिएका हुन्। 

उनका अनुसार पार्टी एकीकरणका विषयमा थप छलफल गर्न पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक यही १६ गते मंगलबारका लागि  बोलाएको छ।

बेलुका ६ बजे मध्यबानेश्वरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा आआफ्ना नागरिकता र मतदाता परिचयपत्र लिएर उपस्थित हुन जनमतले नेताहरूलाई निर्देशन दिएको छ। 

बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने  पार्टी एकता घोषणा कार्यक्रममा सबै केन्द्रीय सदस्य, भ्रातृ तथा शुभेच्छुक संगठनका सदस्यहरूसहित उपस्थित हुन जनमतले भनेको छ।

एकीकरणपछि बन्ने पार्टीको नाम, पार्टीको झण्डा, पार्टीको नेतृत्वमा पनि करिब सहमति बनिसकेको नेताहरूले बताएका छन्। नयाँ पार्टीको नाम नागरिक जनमत पार्टी टुंगो लागेको छ। 

एकीकरणपछि बन्ने पार्टीको अध्यक्षमा हालको जनमत पार्टीका अध्यक्ष सीके राउत रहने समझदारी बनेको छ भने नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी नयाँ पार्टीको पनि संरक्षक रहने र सहअध्यक्ष नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ छिन्। 

विस २०७७ मा सीके राउतको नेतृत्वमा जनमत पार्टी र विस २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टी गठन भएका थिए।

हाल संसद्‌मा जनमतका ५ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad