राजनीति


गोरखा पुगेर प्रचण्डले भने- चुनावमा गरेको वाचा बिर्सिएको छैन

गोरखा पुगेर प्रचण्डले भने- चुनावमा गरेको वाचा बिर्सिएको छैन

नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार ११:४२, काठमाडौँ

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गएको चुनावका बेला गोरखावासीसँग गरेका वाचा नबिर्सेको बताएका छन्।

आज गोरखाकाे बारपाक सुलिकोट गाउँपालिकाको कार्यपालिका बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

गाउँपालिका अध्यक्ष विष्णु भट्टले बाटो, खानेपानी र अन्य भौतिक पूर्वाधार निर्माणमा बजेट अभावका समस्या सुनाउँदा प्रचण्डले यस्तो जवाफ दिएका हुन्। 

‘चुनावमा मैले तपाईंहरूसँग गरेका वाचा कहिल्यै भुलेको छैन। सरकारले हुँदा ती वाचा पूरा गर्न इमान्दार प्रयास गरियो। जे सकियो, गर्‍यौँ, त्यसको मूल्याङ्कन तपाईंहरूले नै गर्नुहुन्छ,’ उनले भने, ‘अहिलेसम्म मैले प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा पनि यहाँ गरेका वाचा संसद्‍मासमेत उठाउँदै आएको छु।’

उनले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विकास निर्माणका काममा क्षेत्रीय भेदभाव नगर्न अनुरोध गरे। ‘यहाँबाट केही  गुनासो पनि आउने गरेका छन्। गोरखावासी उठाएका माग र आवश्यकतालाई विकास कार्यमा प्राथमिकतामा राख्न पनि म मुख्यमन्त्री पाण्डेलाई पनि आग्रह गर्दछु।’

मुख्यमन्त्री पाण्डेले पनि प्रचण्डसँग सहकार्य गर्दै प्रदेश सरकारका योजनाहरू सबै स्थानीय तहसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। 

बैठकमा स्थानीय जनप्रतिनिधिहरूले ढुंगा, गिटी र बालुवा निकासी भए पनि त्यसको राजस्व सङ्कलन नहुँदा जनप्रतिष्ठानमा दरार आएको गुनासो गरे। 

जनप्रतिनिधिका गुनासोको सम्बोधन गर्दै प्रचण्डले भने, ‘राजस्व सङ्कलन र पारदर्शितालाई सुशासनको आधार मानेर अघि बढ्नुपर्छ। कानुन निर्माण र कार्यान्वयनमा प्रदेश सरकारको सक्रिय सहयोग अनिवार्य छ।’

उनले सुशासन र पारदर्शितालाई विकासको मापदण्ड बनाएर अघि बढ्न सबै राजनीतिक दल र जनप्रतिनिधिलाई आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad