राजनीति


संसद्को बर्खे अधिवेशन आजदेखि, प्रधानमन्त्रीले सम्बोधन गर्ने

संसद्को बर्खे अधिवेशन आजदेखि, प्रधानमन्त्रीले सम्बोधन गर्ने

फाइल तस्बिर


नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार ६:३४, काठमाडौँ

संघीय संसद्को दुवै सदनको बर्खे अधिवेशन आजदेखि सुरु हुँदैछ।  शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अधिवेशन सुरु हुने संसद् सचिवालयले जनाएको छ। 

संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो। 

अधिवेशनको प्रारम्भमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ। समसामयिक विषयमा प्रधानमन्त्रीले प्रतिनिधि सभामा सम्बोधन गर्न लागेका हुन्।

शिक्षक आन्दोलनको माग सम्बोधनका लागि सरकारले यो पटक यसअघिका अभ्यासभन्दा एक साताअघि नै बर्खे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। 

विशेषगरि बर्खे अधिवेशनलाई बजेट अधिवेशनको रुपमा पनि बुझिन्छ। तर, यो अधिवेशनमा विद्यालय शिक्षा विधेयक र संघीय निजामती विधेयक पारित गर्नैपर्ने दवावमा सरकारले छ। 

शिक्षा विधेयक तत्काल ल्याउनु पर्नेसहितका माग राखेर शिक्षकहरु विगत २३ दिनदेखि  आन्दोलनमा छन्। यस्तै कर्मचारीहरुले पनि निजामती विधेयक चाँडो पारित गर्नुपर्ने दबाब दिँदै आएका छन्। 

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नेछन्। 

यही वैशाख १९ गते संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्री बजेट’ छलफल वैशाख २८ देखि गर्ने तयारी छ। बजेट प्रस्तुत हुने १५ दिन अगावै प्री बजेट छलफल हुने कानुनी प्रावधान छ।

संघीय संसद्का दुवै सदनमा गरी २० भन्दा बढी विधेयक विचाराधीन अवस्थामा छन्। अघिल्लो अधिवेशनमा नौ वटा विधेयक पारित भएका थिए। 

हेर्नुहाेस् कार्यसूची 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad