राजनीति


युवाले पाखण्डी राजतन्त्रलाई देखिने, सुनिने गरी अस्वीकार गर्नुपर्छ : प्रधानमन्त्री ओली

युवाले पाखण्डी राजतन्त्रलाई देखिने, सुनिने गरी अस्वीकार गर्नुपर्छ : प्रधानमन्त्री ओली

फाइल तस्बिर


नेपालखबर
बैशाख ११, २०८२ बिहिबार १७:४४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूले नै देश अगाडि बढाउनुपर्ने भन्दै जन्मजात श्रेष्ठताका आधारमा शासन गर्न खोज्ने राजतन्त्रलाई देखिने र सुनिनेगरी अस्वीकार गर्नुपर्ने बताएका छन्।

बिहीबार एमालेले आयोजना गरेको ‘युथ सेलिब्रेसन’मा सम्बोधन गर्दै उनले राजतन्त्र पक्षधरले हालै काठमाडौँमा विध्वंश मच्चाएर आफ्नो असली रुप देखाइसकेको समेत टिप्पणी गरे।

‘अब देशलाई तपाईंहरूले अगाडि बढाउनु पर्नेछ,’ ओलीको भनाइ छ, ‘देश कस्तो बनाउने? जन्मिदै श्रेष्ठताको कुनै वैज्ञानिक आधार नभएको पाखण्डी सिद्दान्त, कुल घरानाका आधारमा शासन गर्न खोज्ने सामान्ती युगलाई फेरि फर्काउने आवाज पनि कता कता सुनिन थालेका छन्।’ 

उनले अगाडि भने, ‘लोकतन्त्र नमान्ने, संविधान नमान्ने। जनताको बलिदानको अपमान गर्ने, संघर्षको अपमान गर्ने, सफलतालाई अस्वीकार गर्ने र मजाक उडाउने काम भएको छ। जनताको हत्या गर्ने, तोडफोड गर्ने, आगजानी गर्ने, मिडियागृहमा आगजानी गर्ने। यसरी कुन शासन ल्याउन खोजेका छन् भन्ने प्रष्ट भएको छ। अब युवाहरूले त्यस्ता कुरालाई देखिनेगरी, सुनिनेगरी अस्वीकार गर्नुपर्दछ।’ 

लोकतन्त्रको रक्षा गर्ने, संविधानको रक्षा गर्ने र देशलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउने काम गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad