राजनीति


नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तको शपथ आज

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तको शपथ आज

नेपालखबर
बैशाख ११, २०८२ बिहिबार १०:२५, काठमाडौँ

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज (वैशाख ११ गते) पदको शपथ खाँदै छन्। 

एमालेबाट सांसद पन्तलाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार (वैशाख १० गते) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त गरेका हुन्‌। 

अब आज उनलाई राष्ट्रपतिले अपराह्न ४ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका एक अधिकारीले नेपालखबरलाई जानकारी दिए। 

यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि उनको स्थानमा पन्तलाई नियुक्त गरिएको हो। 
पन्त समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसद हुन्।

ओलीको अघिल्लो कार्यकालमा पन्त उनका कटु आलोचक थिए।

माधव नेपाल नेतृत्वको समूहका एक प्रभावशाली नेता पन्त अन्तिम समयमा पार्टी विभाजनको विपक्षमा उभिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad