राजनीति


कश्मीर घटनाबारे मोदीलाई फोन गरेर ओलीले भने: आतंकवादविरुद्ध हामी एकै ठाउँमा

कश्मीर घटनाबारे मोदीलाई फोन गरेर ओलीले भने: आतंकवादविरुद्ध हामी एकै ठाउँमा

फाइल तस्बिर


नेपालखबर
बैशाख १०, २०८२ बुधबार १५:३६, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकीक्ष नरेन्द्र मोदीबीच टेलिफोन कुराकानी भएको छ। जम्मु कश्मीरमा भएको आतंकवादी हमलापछि दु:ख व्यक्त गर्दै ओलीले मोदीसँग कुराकानी गरेका हुन्।   

'दुई देशका प्रधानमन्त्रीबीच कश्मीरमा भएको आतंकवाद हमलाको विषयमा कुराकानी भयो,' ओलीको सचिवालयले भन्यो, 'प्रधानमन्त्री ओलीले घटनाबारे समवेदना व्यक्त गर्दै आकंवादीविरुद्ध हामी एकै ठाउँमा छौँ। जुनसुकै रुप भए पनि आतंकवाद भनेको साझा सत्रु हो। हामी सँगै छौँ भन्नु भयो।'

ओलीले पनि जघन्य कार्यविरुद्ध भारतसँग नेपाल सँगै रहेको बताए। 
टेलिफोनपछि सामाजिक सञ्जालमा ओलीले भनेका छन्, 'मैले उहाँ (मोदी) सँग कुरा गरेँ र पहलगाम आतंकवादी हमलामा भएको ज्यान गुमाउनेप्रति गहिरो समवेदना व्यक्त गरेँ। यस्ता जघन्य कार्यहरू विरुद्ध भारतसँग नेपालको अटल ऐक्यबद्धता दोहोर्‍याएँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad